Coop-Logo-New1 श्री नमुना कृषक बहुमुखी सहकारी संस्था लि.,मनहरी गाउँपालिका -३,गैरिचोक,मकवानपुर
स्थापना २०५५/१२/२२
सेवा प्रवाह सम्बन्धि सदस्य बडापत्र

क्र.स. सेवा तथा सुबिधाको प्रकार सेवाग्राही (शेयर सदस्यले) पुर्‍याउनुपर्ने प्रकृया तथा कागजात लाग्ने दस्तुर शुल्क लाग्ने समय जिम्मेवार पदाधीकार
१ सोधपुछ गुनासो तथा सुझाव संस्थाको सुचना कारोवार कक्ष छैन तत्काल ब्यबस्थापक
२ शेयर सदस्यता क) संस्थाको कार्यक्षेत्र मनहरी–३, मकवानपुर भित्र स्थायी वसोवास गरेको
ख) नागरिकताको १ प्रति फोटोकपी र ४ प्रति पासपोर्ट साइजको फोटो
ग) क्षमता अनुसार नियमित बचत गर्न कटिबद्ध
प्रवेश शुल्क रु ५०० तत्काल अध्यक्ष र प्रवन्धक
३ बचत सेवा एवं ब्याजदर १. अनिवार्य मासिक बचत
नियमहरु :
 कम्तिमा रु १०० देखि आफ्नो क्षमता अनुसार मासिक बचत सबै सदस्यले अनिवार्य गर्नु पर्ने।
 खतामा रु २००० छाडि बाकिं रकम झिक्न सकिने छ ।
 बचत दर परिर्वतन गर्न चाहेमा श्रावण महिनाबाट गर्न सकिने छ ।
 व्याजदर वार्षिक ८ प्रतिशत ।

२.दैनिक बचत
नियमहरु :
 यो स्वेच्छिक बचत हो ।
 दैनिक रु १० देखि रु ५०० सम्म बचत गर्न सकिन्छ ।
 यो ६ महिना पछि झिक्न सकिन्छ ।
 व्याजदर वार्षिक ७ प्रतिशत ।

३. मुद्धति बचत खाता
नियमहरु :
 निश्चित समयको लागि रु १००० देखि रु ५००००० सम्म बचत गर्न सकिन्छ ।
 ९–११प्रतिशत सम्म ब्याज दिइने छ ।
समयअवधि ४ वर्ष हुने छ ।
यदि समय अगावै पैसा चाहिएमा बचतको ९० प्रतिशत बचत ब्याजमा २ प्रतिशत ब्याज थपगरि ऋणको रुपमा झिक्न सकिन्छ ।

४.टार्गेट बचत
नियमहरु :
 वार्षिक कति बचत गर्ने सुरुमा त्यसको निश्चित गर्नु पर्दछ र एक वर्षभित्रमा दैनिक,साप्ताहिक,मासिक रुपमा सुरुमा कबोल गरेको रकम बचत गर्नु पर्दछ ।
 व्याजदर वार्षिक ९ प्रतिशत ।
 एक वर्ष पुरा भएपछि आवश्यक परेमा रु १००० खातामा छोडी झिक्न सकिन्छ ।

५. खुत्रुके बचत
नियमहरु :
 रु ५०० मा खाता खोल्न सकिन्छ ।
 हरेक महिनाको अन्त्यमा खुत्रुके खोलिने छ र खुत्रुकमो जम्मा भएको रकम बचत गर्न सकिने छ
 व्याजदर वार्षिक ९ प्रतिशत ।

६. संस्थागत बचत
नियमहरु :
 सहकारी ऐन अनुसार सदस्य बन्न मिल्ने संघ संस्था तथा अन्य निकायले यसमा बचत गर्न सक्नेछन् ।
 यो ऐच्छिक बचत हो कुनैपनिवेला रु १०० भन्दा बढि बचत राख्न र झिक्न सकिने छ ।
 व्याजदर वार्षिक ६ प्रतिशत ।

७.बाल शिक्षा बचत
नियमहरु :
 यो ऐच्छिक बचत हो ।
 १६ वर्ष भन्दा कम उमेरकाले यसमा बचत गर्न सक्छन्
 मसिक कम्तिमा रु १०० बचत गर्नुपर्दछ र दैनिक भाग गरि पनि बचत गर्न सकिन्छ ।
 यो १६ वर्ष पुराभएपछि वा एस.इ.इ. पास भएपछि झिक्न सकिन्छ ।
 व्याजदर वार्षिक ९ प्रतिशत ।
 १६ वर्ष भन्दा कममा झिक्न चाहेमा २ प्रतिशत सर्भिस चार्ज लाग्नेछ ।
 यो बाल शिक्षाको उदेश्यले गरिने बचत हो अभिभावकले १६ वर्षभन्दा कमकम बच्चको नाममा यो खाता खोल्न सक्छन् ।

८.चाडपर्व बचत
नियमहरु :
 कुनैपनि सदस्यले बचत गर्न सक्छन् ।
 चाडपर्वको अवसरमा बचत गर्न सकिन्छ ।
 व्याजदर वार्षिक ९ प्रतिशत ।
 बचतको १५० प्रतिशत सम्म ऋण झिक्न सकिन्छ ।

९.समुह बचत
नियमहरु :
 नमुना कृषक बहुमुखी सहकारी समुह र समुदायमा आधारित संस्था हो एउटै उदेश्य र चासो भएका हरुले समुहमा बचत गर्न सक्छन्
 बचत रकम मासिक रु ५० देखि ५०० सम्म गर्न सकिन्छ
 समुहमा रहेको सदस्यहरुले समुहको हिसाव किताब आफै राख्न र सञ्चालन गर्न सक्छन् ।
 समुहमा रहेको रकमबाट व्याजदर २ प्रतिशत थप गरि ऋण लिन सकिन्छ ।
 ब्याजदर वार्षिक ९ प्रतिशत ।

१०.विशेष बचत
नियमहरु :
 आवश्यक परेमा बचत रकम तत्काल लिन सकिने
 यसमा कम्तिमा रु ५०० को खाता खोल्न सकिन्छ ।
 व्याजदर वार्षिक ६ प्रतिशत ।

-- -- --